FAQs Complain Problems

समाचारः

आर्थिक वर्ष २०७१।०७२ को समीक्षा वैठक सम्पन्न

बनेपा नगरपालिकाको समीक्षा वैठक सम्पन्न
बनेपा नगरपालिकाको गत आर्थिक वर्ष २०७१।०७२ मा सम्पादन गरिएका विकास निर्माण लगायत अन्य कार्यक्रमहरुको समीक्षा वैठक कार्यकारी अधिकृत हुमनाथ शर्मा ढकालको अध्यक्षतामा मिति २०७२।६।२८ गते बनेपा नगरपालिकाको सभा कक्षमा सम्पन्न भयो । नगरपालिका कर्यालयका सम्बन्धित शाखाहरुवाट सम्पादन गरिएका काम कार्यहरुको विवरण प्रस्तुत गरिएको उक्त वैठकमा पूर्व प्रमुख डा.सुरेन्द्र बहादुर वादे श्रेष्ठ, नकपा एमालेका प्रतिनिधि लम्बोदर कायष्ठले आफ्नो सुझाव सहितको मन्तव्य राख्नु भएको थियो । उक्त समीक्षा बैठकमा भएको छलफलको निचोड निम्न अनुसार रहेको थियो ।

१.     बनेपाको फोहोर मैला समस्याका सन्दर्भमा :
(क)    नगर क्षेत्र भित्रै पहिचान गरिएका उपयुक्त स्थानमा अल्पकालिन ल्याण्ड फिल्ड साईटको लागि थप क्रियाशील हुने । दीर्घकालिन समाधानका लागि थप प्रयास जारी राख्ने ।
(ख) फोहोरलाई स्रोतमै घटाउने वातावरण मैत्री स्थानीय शासनको अवधारणा लगायतका उपाएहरु प्रभावकारीताका साथ लागु गर्दै जाने ।
(ग) अन्य निजी क्ष्ोत्रसंगको सहकार्यको प्रयासलाई तिव्रता दिने ।

२.    आन्तरिक आय अभिबृद्धि गर्न :
(क) स्रोत परिचालनका थप क्षेत्रहरुको पहिचान, अध्ययन, प्रभावकारी लागु गर्ने ।
(ख) राजश्व प्रशासनलाई थप गतिशील तुल्याउने ।

३.     भौतिक निर्माण सुधार :
(क) प्रस्तावित विकास निर्माणका कार्यहरु समयमै सम्पन्न गर्न वार्षिक कार्य तालिका बमोजिम विशेष क्रियाशील हुने ।
(ख) विकास निर्माण कार्यमा वडा नागरिक मञ्चलाई थप क्रियाशील तुल्याउने ।
(ग)    काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाका काम निर्धारित समयमा सम्पन्न गर्न सम्बद्ध  सवै पक्ष तदारुक्ताका साथ क्रियाशील रहने ।