बनेपाको भौगोलिक परिवेश
पूर्वमा 'रक्तचन्दन' भनिने चण्डेश्वरीजङ्गल, उत्तरमा थागु (माथिको) जङ्गल र दक्षिणमा क्वःगु (तलको) जङ्गलको पृष्ठभूमिमा काठमाडौंबाट करिब २५ कि. मि. पूर्व समुद्री सतहदेखि ४८०० फिट उचाइमा अनि २७.३७ डिग्री अक्षांश र ८१.३१ डिग्री देशान्तरमा रहेको एउटा सानो तर रमणीय उपत्यकामा अवस्थित प्राचीन नगरी बनेपा ऐतिहासिक र धार्मिक क्षेत्र हो । पुरानो बनेपा नगर क्षेत्र पूर्वमा चण्डेश्वरीखोला, पश्चिमबाट दक्षिण हुदै पूर्वतिर बगिरहेको पुण्यमाताखोला अनि पहाड र पर्वत र स-साना गाउहरूले घेरिएको साँगा, नाला, धुलिखेल, श्रीखण्डपुर, चौकोट र पनौतीका बीचमा अवस्थित बनेपा काभ्रेपलाञ्चोक जिल्लाको महत्वपूर्ण व्यापारिक केन्द्र पनि हो । 'बने' ले व्यापार र 'पा' ले बस्ती भन्ने बुझाउछ । त्यसैले बनेपा व्यापारीहरूको थलो हो ।
बनेपा शब्दको व्युत्पति र यसको इतिहास
बनेपा सहर वणिर्पुर, बनेकापुर, बनेपुर, ब्यनेपे, बिन्यापा, विनयापुरी, विनायकपुरी, वनिंयप्य भनिँदै पछि 'बनेपा' हुन आएको हो । नेवार समुदायमा यस सहरलाई भोंदे अथवा भ्वत पनि भन्ने गरिन्छ । भोटसँग पहिल्यैदेखि राम्रो व्यापारिक सम्बन्ध भएका कारणले यसलाई भोंदे अथवा भ्वत भनिएको हुनर्पर्छ । बनेपालाई 'भुज' पनि भन्ने गरिन्थ्यो । बनेपामा रहेको लिच्छविकालीन शिवदेव अंशुवर्माको अभिलेखमा यसको चार किल्ला खुलाउदा 'चन्द्रेश्वर (चण्डेश्वरमहादेव) ङ ग्रामस्तत' उल्लेख भएकाले बनेपा नै भुजङग्राम हुनुपर्ने देखिन्छ । 'ङ ग्राम' भनी उल्लेख भएको यो ठाउ किरातकालमा नै गाउका रूपमा विकसित भइसकेको हुनुर्पर्दछ । किनभने नालङ, साङ, खोप्रिङ आदि ङ, ∙ आएका बस्तीहरूले ती बस्तीहरू किरातकालीन हुन् भन्ने बुझाउछन् । राजा अभय मल्लको शासनकालको चागुनारायणको भण्डारभित्रको ने. सं. ३५७ को एउटा ताडपत्रमा बनेपालाई 'बनिंयप्य' उल्लेख गरिएको छ । त्यस्तै, बनेपाका राजा जयार्जुनदेवको नाम उल्लेख भएको ने. सं. ४८५ को एउटा ताडपत्रमा यस सहरलाई 'विनयापुरी' उल्लेख गरिएको छ ।
बनेपा निर्माण हुदाको रूप
बनेपामा पहिले 'भोलाखा’ भन्ने बस्ती मात्र थियो रे । तर कलिगत वर्ष४१९७ अर्थात् वि. सं. ११५९ मा पूर्व मध्यकालीन राजा आनन्ददेवले बनेपावरिपरिका स-साना बस्तीहरू भोलाखाबस्तीसँग मिलाई नया बनेपाको निर्माण गर्दा आठ दिशामा आठ गणेशहरू दिक्पालका रूपमा प्रतिष्ठापन गरी प्रत्येक गणेशको मन्दिरसमीप ढोका, पोखरी र पाटी बनाइदिएका थिए । त्यसैले मल्लकालदेखि नै बनेपामा यी आठैवटा गणेशहरूसँग सम्बन्धित एउटा-एउटा दाफा भजन हुन्थे । यस ठाउका मानिसहरू बिहान-बिहान पोखरीमा मुख धोई पाटीमा बसेर भजन गर्दै देवीदेवताको आरती गर्थे । मानिसहरू विहान-विहान देवदेवीहरूप्रति आस्था राखी शुद्ध चित्तले जीवनयापन गर्दथे र बेलुकी पनि पाटीमा बसेर भजन गरी आनन्दपूर्वक जीवन बिताउथे । तर हाल केही पोखरीहरू र्सार्वजनिक कामका लागि प्रयोग भइसकेका छन्, केही पाटीहरू हराइसकेका छन् र चारवटाजति दाफा भजनहरू मात्र चलिरहेका छन् ।
बनेपा निर्माण गर्दाको संरचना अत्यन्तै वैज्ञानिक किसिमको थियो । घाम र हावाको सन्तुलन मिलाउनका लागि ठाउठाउमा ननि (चोक) हरू, पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनारहरू, सांस्कृतिक कार्यक्रमहरू गर्न र नाटक देखाउन डबलीहरू राखी निर्माण गरिएको बनेपा अत्यन्तै व्यवस्थित थियो । यहा नौवटा ढुङ्गेधाराहरू, नौवटा ननि (चोक) हरू, नौवटा डबलीहरू र ९९ वटा इनारहरू थिए । यसरी ९ अङ्क पारेर निर्माण गरिएको बनेपानगरी लक्षणयुक्त छ भनी बूढापाकाहरू भन्दछन्, किनभने शास्त्रीय दृष्टिकोणले ९ अङ्क लक्षणयुक्त र फलदायी हुन्छ । तर धेरैजसो इनारहरू पुरिइसकेका छन्, ढुङ्गेधाराको पानीका मुहानहरू सुकिसकेका छन्, धेरै ठाउका ननि (चोक) हरू अतिक्रमणमा परिसकेका छन् ।
इतिहासका वर्द्धनहरू
'गोपाल राजवंशावली' मा उल्लेख भएअनुसार मल्लकालीन नेपालमा बनेपाक्षेत्रले राजनीतिमा ठूलो भूमिका खेलेको थियो र बनेपालीहरूको अगुवाइमा देशको राजनीतिमा उलटपुलटसमेत हुने गरेको थियो । त्यस्ता बनेपालीहरू विशेषतः राम वर्द्धनहरू थिए । ज्योतिराम वर्द्धन महामन्त्री थिए । उनले बनेपालाई एक स्वतन्त्र राज्य बनाउन प्रयत्न गरेका थिए । ज्योतिरामका छोरा अनेकराम पनि महामन्त्री थिए । अनेकरामपछि जयसिंहराम बनेपाका राजा जयार्जुनदेवका महामन्त्री भए । वि. सं. १४११ मा जयस्थिति मल्ललाई भक्तपुरमा भित्र्याइयो । केही समयपछि राजकुमारी राजल्लदेवीसित उनको विवाह भयो । त्यसपछि जयस्थिति मल्ललाई नेपालका राजा घोषणा गरियो । अनि जयसिंहरामले राजा जयार्जुनदेवलाई मान्नुर्पर्छ, बाहिरबाट आएका जयस्थिति मल्ललाई हामी राजा मान्दैनौं भनी ४-५ वर्षम्म पूर्वी भेगको नेतृत्व लिई ठूलो व्रि्रोह गरे । पछि जयार्जुनदेवको मृत्यु भयो । त्यसपछि जयस्थिति मल्लले जयसिंहरामलाई हातमा लिई आफ्ना महामन्त्री बनाए । जयस्थिति मल्लका महामन्त्री बनेपछि जयसिंहराम झन् शक्तिशाली बन्न पुगे ।
जयसिंहराम वर्द्धन अत्यन्तै धर्मात्मा थिए । उनले इन्द्रेश्वरमहादेवका चारै मुखमा सुनौला खोल राखे, त्यस मन्दिरको छानामा सुनको मोलम्बा लगाए र इन्द्रेश्वरको हाताभित्र तुलानारायणको प्रतिष्ठापन गर्नुका साथै व्रि्र विद्वान्हरूलाई मूल्यवान् सामानहरू दान दिए । उक्त व्यहोरा ने. सं. ५२१ को पनौती इन्द्रेश्वरमन्दिरभित्रको सुवर्णपत्रमा उल्लेख छ । मुगलसम्राट सुल्तान समसुद्दीनको आक्रमणबाट ध्वस्त पारिएको पशुपतिनाथमन्दिरको पुनरुद्धार गरी ने. सं. ४८० मा जयसिंहरामले चारै वेदका आधारमा चतुर्मुखी पशुपतिनाथको मुर्ति बनाउन लगाएर शास्त्रीय विधिअनुसार प्रतिष्ठापन गरे । जयसिंहराम बनेपाली थिए । उनको दरबार बनेपाको भोलाखामा थियो । उनको दरबारलाई क्वाठ भनिन्थ्यो । हाल पनि त्यस ठाउलाई क्वाठ नै भन्ने गरिन्छ ।
सन् १४८२ मा भक्तपुरका राजा यक्ष मल्लको मृत्यु भयो । त्यसपछि यक्ष मल्लका साहिँला छोरा रण मल्ल बनेपाका राजा बने । रण मल्लको शासनकाल ने. सं. ६२२ मा देवी चण्डेश्वरीले बनेपाका धलंछे खलकका मोहनसिं मानन्धरलाई सुनको रागोको टाउको वर (प्रसाद) दिएको कुरा वंशावलीमा उल्लेख छ । तिनै मोहनसिंले पशुपतिनाथ महादेवलाई चढाएको एकमुखी रूद्राक्ष अद्यापि पशुपतिमन्दिरमा छ । रण मल्लपछि उनैका छोरा केशव मल्ल र केशव मल्लपछि कृष्ण मल्ल बनेपाका राजा भए । त्यसपछि बनेपा भक्तपुर राज्यसँग मिल्न गयो ।
हाल कायम भएको बनेपा नगरपालिका
जम्मा १४ वटा वडाहरू मिलेर बनेको बनेपा नगरपालिकाको क्षेत्रफल ५४.५९ बर्ग कि.मी. रहेको छ । क्षेत्रफलको आधारमा काभ्रे जिल्लाको यो सबै भन्दा सानो नगरपालिका हो भने जनसंख्याको आधारमा काभ्रे जिल्लाको यो सबै भन्दा धेरै जनसंख्या भएको नगरपालिका हो ।
राष्ट्रिय जनगणना बि.सं. २०७८ को नतिजा
वडा नं. |
पुरूष |
महिला |
जम्मा |
1 |
1220 |
1309 |
2529 |
2 |
1082 |
1212 |
2294 |
3 |
1671 |
1707 |
3378 |
4 |
2231 |
2313 |
4544 |
5 |
3667 |
3777 |
7444 |
6 |
3539 |
3615 |
7154 |
7 |
3809 |
3946 |
7755 |
8 |
3365 |
3516 |
6881 |
9 |
2965 |
3092 |
6057 |
10 |
3796 |
3719 |
7515 |
11 |
1113 |
1155 |
2268 |
12 |
1354 |
1464 |
2818 |
13 |
2042 |
2243 |
4285 |
14 |
1318 |
1450 |
2768 |
कूल जम्मा |
33172 |
34518 |
67690 |
वडा नं. १ को कार्यालय, पाण्डे गाँउ, नाला:
साविक टुकुचा नाला वडा नं. १ देखि ५ सम्मलाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. १ भएको छ ।
वडा नं. २ को कार्यालय, घिमिरे गाँउ, नाला
साविक टुकुचा नाला वडा नं. ६ देखि ९ सम्मलाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. २ भएको छ ।
वडा नं. ३ को कार्यालय, ठूलोचेोर, नाला
साविक उग्रचण्डी नाला वडा नं. ६,७,८,९ र साविक देवीटार वडा नं. ४ र ५ लाइ समेटेर बनेपा नगरपालिका वडा नं. ३ भएको छ ।
वडा नं. ४ को कार्यालय, उग्रचण्डी, नाला
साविक उग्रचणडी नाला वडा नं. १,२,३,४ र ५ लाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. ४ भएको छ ।
वडा नं. ५ को कार्यालय, काथु गणेशस्थान
साविक बनेपा वडा नं. १,२ र साविक रविअपि वडा नं.६,७,८,९ लाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. ५ बनेको छ ।
वडा नं. ६ को कार्यालय, बुडोल (काभ्रे क्याम्पस)
साविक बनेपा वडा नं. ११ बनेपा नगरपालिकाको नयाँ वडा नं. ६ बनेको हो ।
वडा नं. ७ को कार्यालय, हंसराज मार्ग
साविक बनेपा वडा नं. ८,९,१० लाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. ७ बनेको हो ।
वडा नं.८ को कार्यालय, भोलाखाटोल
साविक बनेपा वडा नं. ५,६,७ लाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. ८ बनेको हो ।
वडा नं.९ को कार्यालय, लाइकु दरवार
साविक बनेपा वडा नं. ३ र ४ लाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. ९ बनेको हो ।
वडा नं.१० को कार्यालय, पुलबजार
साविक उग्रतारा जनागाल वडा नं. १,२,३,४ र ८ लाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. १० बनेको हो ।
वडा नं.११ को कार्यालय, पुलबजार
साविक उग्रतारा जनागाल वडा नं. ५,६,७ र ९ लाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. ११ बनेको हो ।
वडा नं.१२ को कार्यालय, बाँसडोल
साविक महेन्द्रज्योती वडा नं. १ देखि ९ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. १२ बनेको हो ।
वडा नं.१३ को कार्यालय, भैसेपाटी
साविक नासिकास्थान साँगा वडा नं. १,२,३ र ४ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. १३ बनेको हो ।
वडा नं.१४ को कार्यालय, साँगा (नासिकास्थान)
साविक नासिकास्थान साँगा वडा नं. ५,६,७,८ र ९ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. १४ बनेको हो ।