FAQs Complain Problems

समाचारः

चण्डेश्वरी मन्दिर, बनेपा

Read More

श्वेतकाली नाच, बनेपा

Read More

बनेपा नगरपालिका भवन

Read More

बनेपा नगरपालिकाको संक्षिप्त परिचय

बनेपाको भौगोलिक परिवेश

 

पूर्वमा 'रक्तचन्दन' भनिने चण्डेश्वरीजङ्गल, उत्तरमा थागु (माथिको) जङ्गल र दक्षिणमा क्वःगु (तलको) जङ्गलको पृष्ठभूमिमा काठमाडौंबाट करिब २५ कि. मि. पूर्व समुद्री सतहदेखि ४८०० फिट उचाइमा अनि २७.३७ डिग्री अक्षांश र ८१.३१ डिग्री देशान्तरमा रहेको एउटा सानो तर रमणीय उपत्यकामा अवस्थित प्राचीन नगरी बनेपा ऐतिहासिक र धार्मिक क्षेत्र हो । पुरानो बनेपा नगर क्षेत्र पूर्वमा चण्डेश्वरीखोला, पश्चिमबाट दक्षिण हुदै पूर्वतिर बगिरहेको पुण्यमाताखोला अनि पहाड र पर्वत र स-साना गाउहरूले घेरिएको साँगा, नाला, धुलिखेल, श्रीखण्डपुर, चौकोट र पनौतीका बीचमा अवस्थित बनेपा काभ्रेपलाञ्चोक जिल्लाको महत्वपूर्ण व्यापारिक केन्द्र पनि हो । 'बने' ले व्यापार र 'पा' ले बस्ती भन्ने बुझाउछ । त्यसैले बनेपा व्यापारीहरूको थलो हो ।

 

बनेपा शब्दको व्युत्पति र यसको इतिहास

बनेपा सहर वणिर्पुर, बनेकापुर, बनेपुर, ब्यनेपे, बिन्यापा, विनयापुरी, विनायकपुरी, वनिंयप्य भनिँदै पछि 'बनेपा' हुन आएको हो । नेवार समुदायमा यस सहरलाई भोंदे अथवा भ्वत पनि भन्ने गरिन्छ । भोटसँग पहिल्यैदेखि राम्रो व्यापारिक सम्बन्ध भएका कारणले यसलाई भोंदे अथवा भ्वत भनिएको हुनर्पर्छ । बनेपालाई 'भुज' पनि भन्ने गरिन्थ्यो । बनेपामा रहेको लिच्छविकालीन शिवदेव अंशुवर्माको अभिलेखमा यसको चार किल्ला खुलाउदा 'चन्द्रेश्वर (चण्डेश्वरमहादेव) ङ ग्रामस्तत' उल्लेख भएकाले बनेपा नै भुजङग्राम हुनुपर्ने देखिन्छ । 'ङ ग्राम' भनी उल्लेख भएको यो ठाउ किरातकालमा नै गाउका रूपमा विकसित भइसकेको हुनुर्पर्दछ । किनभने नालङ, साङ, खोप्रिङ आदि ङ, ∙ आएका बस्तीहरूले ती बस्तीहरू किरातकालीन हुन् भन्ने बुझाउछन् । राजा अभय मल्लको शासनकालको चागुनारायणको भण्डारभित्रको ने. सं. ३५७ को एउटा ताडपत्रमा बनेपालाई 'बनिंयप्य' उल्लेख गरिएको छ । त्यस्तै, बनेपाका राजा जयार्जुनदेवको नाम उल्लेख भएको ने. सं. ४८५ को एउटा ताडपत्रमा यस सहरलाई 'विनयापुरी' उल्लेख गरिएको छ ।

बनेपा निर्माण हुदाको रूप

बनेपामा पहिले 'भोलाखा’ भन्ने बस्ती मात्र थियो रे । तर कलिगत वर्ष४१९७ अर्थात् वि. सं. ११५९ मा पूर्व मध्यकालीन राजा आनन्ददेवले बनेपावरिपरिका स-साना बस्तीहरू भोलाखाबस्तीसँग मिलाई नया बनेपाको निर्माण गर्दा आठ दिशामा आठ गणेशहरू दिक्पालका रूपमा प्रतिष्ठापन गरी प्रत्येक गणेशको मन्दिरसमीप ढोका, पोखरी र पाटी बनाइदिएका थिए । त्यसैले मल्लकालदेखि नै बनेपामा यी आठैवटा गणेशहरूसँग सम्बन्धित एउटा-एउटा दाफा भजन हुन्थे । यस ठाउका मानिसहरू बिहान-बिहान पोखरीमा मुख धोई पाटीमा बसेर भजन गर्दै देवीदेवताको आरती गर्थे । मानिसहरू विहान-विहान देवदेवीहरूप्रति आस्था राखी शुद्ध चित्तले जीवनयापन गर्दथे र बेलुकी पनि पाटीमा बसेर भजन गरी आनन्दपूर्वक जीवन बिताउथे । तर हाल केही पोखरीहरू र्सार्वजनिक कामका लागि प्रयोग भइसकेका छन्, केही पाटीहरू हराइसकेका छन् र चारवटाजति दाफा भजनहरू मात्र चलिरहेका छन्                                              ।

बनेपा निर्माण गर्दाको संरचना अत्यन्तै वैज्ञानिक किसिमको थियो । घाम र हावाको सन्तुलन मिलाउनका लागि ठाउठाउमा ननि (चोक) हरू, पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनारहरू, सांस्कृतिक कार्यक्रमहरू गर्न र नाटक देखाउन डबलीहरू राखी निर्माण गरिएको बनेपा अत्यन्तै व्यवस्थित थियो । यहा नौवटा ढुङ्गेधाराहरू, नौवटा ननि (चोक) हरू, नौवटा डबलीहरू र ९९ वटा इनारहरू थिए । यसरी ९ अङ्क पारेर निर्माण गरिएको बनेपानगरी लक्षणयुक्त छ भनी बूढापाकाहरू भन्दछन्, किनभने शास्त्रीय दृष्टिकोणले ९ अङ्क लक्षणयुक्त र फलदायी हुन्छ । तर धेरैजसो इनारहरू पुरिइसकेका छन्, ढुङ्गेधाराको पानीका मुहानहरू सुकिसकेका छन्, धेरै ठाउका ननि (चोक) हरू अतिक्रमणमा परिसकेका छन् ।

इतिहासका वर्द्धनहरू

'गोपाल राजवंशावली' मा उल्लेख भएअनुसार मल्लकालीन नेपालमा बनेपाक्षेत्रले राजनीतिमा ठूलो भूमिका खेलेको थियो र बनेपालीहरूको अगुवाइमा देशको राजनीतिमा उलटपुलटसमेत हुने गरेको थियो । त्यस्ता बनेपालीहरू विशेषतः राम वर्द्धनहरू थिए । ज्योतिराम वर्द्धन महामन्त्री थिए । उनले बनेपालाई एक स्वतन्त्र राज्य बनाउन प्रयत्न गरेका थिए । ज्योतिरामका छोरा अनेकराम पनि महामन्त्री थिए । अनेकरामपछि जयसिंहराम बनेपाका राजा जयार्जुनदेवका महामन्त्री भए । वि. सं. १४११ मा जयस्थिति मल्ललाई भक्तपुरमा भित्र्याइयो । केही समयपछि राजकुमारी राजल्लदेवीसित उनको विवाह भयो । त्यसपछि जयस्थिति मल्ललाई नेपालका राजा घोषणा गरियो । अनि जयसिंहरामले राजा जयार्जुनदेवलाई मान्नुर्पर्छ, बाहिरबाट आएका जयस्थिति मल्ललाई हामी राजा मान्दैनौं भनी ४-५ वर्षम्म पूर्वी भेगको नेतृत्व लिई ठूलो व्रि्रोह गरे । पछि जयार्जुनदेवको मृत्यु भयो । त्यसपछि जयस्थिति मल्लले जयसिंहरामलाई हातमा लिई आफ्ना महामन्त्री बनाए । जयस्थिति मल्लका महामन्त्री बनेपछि जयसिंहराम झन् शक्तिशाली बन्न पुगे                                            ।

जयसिंहराम वर्द्धन अत्यन्तै धर्मात्मा थिए । उनले इन्द्रेश्वरमहादेवका चारै मुखमा सुनौला खोल राखे, त्यस मन्दिरको छानामा सुनको मोलम्बा लगाए र इन्द्रेश्वरको हाताभित्र तुलानारायणको प्रतिष्ठापन गर्नुका साथै व्रि्र विद्वान्हरूलाई मूल्यवान् सामानहरू दान दिए । उक्त व्यहोरा ने. सं. ५२१ को पनौती इन्द्रेश्वरमन्दिरभित्रको सुवर्णपत्रमा उल्लेख छ । मुगलसम्राट सुल्तान समसुद्दीनको आक्रमणबाट ध्वस्त पारिएको पशुपतिनाथमन्दिरको पुनरुद्धार गरी ने. सं. ४८० मा जयसिंहरामले चारै वेदका आधारमा चतुर्मुखी पशुपतिनाथको मुर्ति बनाउन लगाएर शास्त्रीय विधिअनुसार प्रतिष्ठापन गरे । जयसिंहराम बनेपाली थिए । उनको दरबार बनेपाको भोलाखामा थियो । उनको दरबारलाई क्वाठ भनिन्थ्यो । हाल पनि त्यस ठाउलाई क्वाठ नै भन्ने गरिन्छ ।

सन् १४८२ मा भक्तपुरका राजा यक्ष मल्लको मृत्यु भयो । त्यसपछि यक्ष मल्लका साहिँला छोरा रण मल्ल बनेपाका राजा बने । रण मल्लको शासनकाल ने. सं. ६२२ मा देवी चण्डेश्वरीले बनेपाका धलंछे खलकका मोहनसिं मानन्धरलाई सुनको रागोको टाउको वर (प्रसाद) दिएको कुरा वंशावलीमा उल्लेख छ । तिनै मोहनसिंले पशुपतिनाथ महादेवलाई चढाएको एकमुखी रूद्राक्ष अद्यापि पशुपतिमन्दिरमा छ । रण मल्लपछि उनैका छोरा केशव मल्ल र केशव मल्लपछि कृष्ण मल्ल बनेपाका राजा भए । त्यसपछि बनेपा भक्तपुर राज्यसँग मिल्न गयो । 

हाल कायम भएको बनेपा नगरपालिका

जम्मा १४ वटा वडाहरू मिलेर बनेको बनेपा नगरपालिकाको क्षेत्रफल ५४.५९ बर्ग कि.मी. रहेको छ ।  क्षेत्रफलको आधारमा काभ्रे जिल्लाको यो सबै भन्दा सानो नगरपालिका हो भने जनसंख्याको आधारमा काभ्रे जिल्लाको यो सबै भन्दा धेरै जनसंख्या भएको नगरपालिका हो ।

राष्ट्रिय जनगणना बि.सं. २०७८ को नतिजा

वडा नं. पुरूष महिला जम्मा
1 1220 1309 2529
2 1082 1212 2294
3 1671 1707 3378
4 2231 2313 4544
5 3667 3777 7444
6 3539 3615 7154
7 3809 3946 7755
8 3365 3516 6881
9 2965 3092 6057
10 3796 3719 7515
11 1113 1155 2268
12 1354 1464 2818
13 2042 2243 4285
14 1318 1450 2768
कूल जम्मा 33172 34518 67690

 

वडा नं. १ को कार्यालय, पाण्डे गाँउ, नाला:

साविक टुकुचा नाला वडा नं. १ देखि ५ सम्मलाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. १ भएको छ ।
 
वडा नं. २ को कार्यालय, घिमिरे गाँउ, नाला
साविक टुकुचा नाला वडा नं. ६ देखि ९ सम्मलाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. २ भएको छ ।
 
वडा नं. ३ को कार्यालय, ठूलोचेोर, नाला
साविक उग्रचण्डी नाला वडा नं. ६,७,८,९ र साविक देवीटार वडा नं. ४ र ५ लाइ समेटेर बनेपा नगरपालिका वडा नं. ३ भएको छ ।
 
वडा नं. ४ को कार्यालय, उग्रचण्डी, नाला
साविक उग्रचणडी नाला वडा नं. १,२,३,४ र ५ लाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. ४ भएको छ ।
 
वडा नं. ५ को कार्यालय, काथु गणेशस्थान
साविक बनेपा वडा नं. १,२ र साविक रविअपि वडा नं.६,७,८,९ लाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. ५ बनेको छ ।
 
वडा नं. ६ को कार्यालय, बुडोल (काभ्रे क्याम्पस)
साविक बनेपा वडा नं. ११ बनेपा नगरपालिकाको नयाँ वडा नं. ६ बनेको हो ।
 
वडा नं. ७ को कार्यालय, हंसराज मार्ग
साविक बनेपा वडा नं. ८,९,१० लाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. ७ बनेको हो ।
 
वडा नं.८ को कार्यालय, भोलाखाटोल
साविक बनेपा वडा नं. ५,६,७ लाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. ८ बनेको हो ।
 
वडा नं.९ को कार्यालय, लाइकु दरवार
साविक बनेपा वडा नं. ३ र ४ लाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. ९ बनेको हो ।
 
वडा नं.१० को कार्यालय, पुलबजार
साविक उग्रतारा जनागाल वडा नं. १,२,३,४ र ८ लाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. १० बनेको हो ।
 
वडा नं.११ को कार्यालय, पुलबजार
साविक उग्रतारा जनागाल वडा नं. ५,६,७ र ९ लाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. ११ बनेको हो ।
 
वडा नं.१२ को कार्यालय, बाँसडोल
साविक महेन्द्रज्योती वडा नं. १ देखि ९  समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. १२ बनेको हो ।
 
वडा नं.१३ को कार्यालय, भैसेपाटी
साविक नासिकास्थान साँगा वडा नं. १,२,३ र ४ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. १३ बनेको हो ।
 
वडा नं.१४ को कार्यालय, साँगा (नासिकास्थान)
साविक नासिकास्थान साँगा वडा नं. ५,६,७,८ र ९ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. १४ बनेको हो ।
 

कार्यपालिका बैठकका निर्णयहरू

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

शान्ति रत्न शाक्य
नगर प्रमुख
shantiratnashakya123@gmail.com
०११-६६१२८१, ९८५१०१०३८३
बिमला सापकोटा दाहाल
उप– प्रमुख
sapkota.bimala10@gmail.com
०११-६६१२८१, ९८४९५७३०००

कर्मचारी

शिब प्रसाद हुमेगाइ
प्रमुख प्रशासकीय अधिकृत
humegaishiva@gmail.com
०११-६६१४०७, ९८५१०४९४८७

हाम्रो सेवाहरू

सेवा प्रकारः- नागरिकता तथा अन्य सिफारिस
सेवा समयः- प्रक्रिया पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निवेदन तस्तुर
आवश्यक कागजातहरुः-
  • निवेदन
  • स्थलगत सर्जमिन मुचुल्का
  • निवेदक तथा नाता प्रमाणित गर्नु पर्ने व्यक्त्तिहरूको  नागरिकता, जन्म दर्ता, मृत्यु दर्ता अादिको प्रतिलिपि
  • ३ प्रति पासपोर्ट साइजको फोटो
  • फोटो प्रमाणित गर्नु पर्ने व्यक्त्ति स्वयं सक्कल कागजात सहित उपस्थित हुनु पर्नेछ
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रक्रिया पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सिफारिस दस्तुर
आवश्यक कागजातहरुः-
  • निवेदन
  • निवेदक तथा नामसारी गर्नु पर्ने व्यक्तिको नागरिकता, जन्म दर्ता, मृत्यु दर्ता, मृतकको २ वा सो भन्दा बढी हकदारहरू भएमा हकदारको उपस्थितिमा मञ्जुरीनामा, जग्गा धनी प्रमाण पुर्जा, एकिकृत सम्पत्ति कर तिरेको रसिद, नाता प्रमाणित अादिको प्रतिलिपि
  • अावश्यक परेमा नापी नक्सा र सम्बन्धित वडाको भन्दा अन्य वडाको हकमा स्थानीय तहको किटानी सिफारिश पत्र वा वसाइ सरासर्इ प्रमाण पत्र
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रक्रिया पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निवेदन तस्तुर
आवश्यक कागजातहरुः-
  • निवेदन
  • निवेदकको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
  • मृत्यु दर्ता प्रतिलिपि
  • नाता प्रमाणित प्रतिलिपि
  • जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपि
  • एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
  •  
सेवा प्रकारः- नागरिकता तथा अन्य सिफारिस
सेवा समयः- प्रक्रिया पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सिफारिस दस्तुर
आवश्यक कागजातहरुः-
  • निवेदन
  • निवेदकको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
  • शेष पछिको वकस पत्र
  • मृत्यु दर्ता
  • नाता प्रमाणित
  • जग्गा धनी प्रमाण पुर्जा
  • एकिकृत सम्पत्ति कर तिरेको रसिदको फोटोकपी
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- निवेदन उपर निरीक्षण गर्नु पर्ने अवस्था वाहेक प्रक्रिया पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सिफारिस दस्तुर
आवश्यक कागजातहरुः-
  • निवेदन
  • स्थलगत सर्जमिन मुचुल्का
  • फिल्ड बुक
  • नाता प्रमाणित
  • मृत्यु दर्ता
  • नागरिकता/जन्म दर्ता
  • नापी नक्साको फोटोकपी

जानकारी